काठमाडौं । प्रधानमन्त्री सुशिल कोईरालाले अमेरिका भ्रमण रद्द गरेका छन् । प्रधानमन्त्रीको निकट स्रोतका अनुसार आधिकारिक निर्णय भने भइसकेको छैन । मन्त्रिपरिषदको बैठकबाट निर्णय गराई उनले आधिकारिक रुपमा भ्रमण रद्द गर्नेछन् । संयूक्त राष्ट्रसंघको महासभामा भाग लिन आज बुधबार कोइरालाको १४ सदस्यीय टोली न्यूर्योक प्रस्थान गर्दै थियो । मुलुकको जटिल अवस्थाका कारण भ्रमणमा नजान उनीमाथि दबाब बढिरहेको बेला उनले भ्रमण रद्द गर्न लागेका हुन् । आज बस्ने मन्त्रीपरिषदको बैठकले उनको भ्रमण रद्द भएको आधिकारीक निर्णय गर्नेछ ।
प्रधानमन्त्रीको न्यूर्योक भ्रमण रद्द, आधिकारिक निर्णय हुन बाँकी






