
काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा स्मारिका सिक्का निस्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का निस्कासन गर्ने छ ।
राष्ट्र बैंकले १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निस्कासन गर्ने छ । ‘ऐतिहासिक दिनको सम्झौतामा दुई हजार र एक सय रुपैयाँ अंकित दरका सिक्का निस्कास गर्ने घोषणा गरिएको हो,’ राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बिजमाण्डूसँग भने, ‘आज बिहान बसेको सञ्चालक समितिको वैठकले निर्णयसमेत गरिसकेको छ ।’
राष्ट्र बैंकले सोमबार विहान एक विज्ञप्ति जारी गर्दै देशमा दिगो शान्ति र न्यायपूर्ण सामाजिक आर्थिक विकासको बाटोमा अघि बढ्न ढोका खुलेको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीहरुलाई सुभकामना दिएको छ ।






