काठमाडौं– नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।
‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ।
हत्या किन र कसले गर्यो भन्ने खुल्न सकेको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।






