दलहरुबीच संविधानका विवादित विषयमा सहमति कायम गर्न फेरि संवाद समितिमै फर्काउने कि संविधानसभाको छलफल केही दिन जारी राखेर प्रमुख नेताहरुबीच बाहिरै समाधन खोज्ने भन्नेमा छलफल केन्द्रित भएको छ । विषयबस्तु र प्रक्रिया दुवैमा कुरा नमिलेपछि प्रमुख राजनीतिक दल थप केही दिन समय लिएर सहमतिको प्रयास गर्ने निश्कर्षमा पुगेका हुन् ।
सभाध्यक्षसहितको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले विवादित विषयमा सहमति नजिक पुगेको भन्दै थप केही समय मागेका थिए । उनीहरुले प्रदेशको संख्या, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा सहमति नजिक पुगेको जानकारी सभाध्यक्षलाई गराएका थिए । तर विवादित विषय निश्चित समय तोकेर संवाद समितिलाई नै सहमतिका लागि पठाउने कि संविधानसभाको बैठक केही दिन लम्ब्याएर शीर्ष तहमै सहमतिको प्रयास गर्ने भन्नेमा अन्योल कायमै छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विवादित विषयमा सहमति गर्न नभए संविधानको मस्यौदा गर्ने जिम्मा आफूलाई दिन दिएको समयसीमा सोमबार नै सकिएको छ । नेम्वाङलाई मस्यौदाको जिम्मा दिन नसकिने मत बढेपछि दलहरुले अनौपचारिक रुपमा थप समय मागेका थिए । दलहरुकै आग्रहमा नेम्वाङले संविधानसभाको छलफल लम्ब्याएका छन् ।
सहमति गर्न दलहरुले समय थप्ने






