तक्दीर अधिकारी
सिडनी । चितवन समाज अस्ट्रेलियाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पूर्णनाथ घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा विकास बर्तोला, कोषाध्यक्षमा सीता सुवेदी, सहसचिवमा कृष्णकान्त पौडेल, प्रवक्तामा श्यामसुन्दर गिरी, जनसम्पर्क संयोजकमा पुरुषोत्तम संग्रौला रहेका छन् ।
यस्तै सदस्यहरुमा आत्मराम कँडेल, कुशल केसी, हरिभक्त अधिकारी, रमेश अधिकारी, हेमराज पौडेल, आनन्द पाठक, विष्णु थपलिया, आशा श्रेष्ठ, सुजन बर्तोला रहेका छन् । महासचिव र सचिव पद भने तत्कालका लागि खाली राखिएको छ ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहालको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सन् २०११ मा स्थापित चितवन समाजमा पहिलो पटक निर्वाचन विधिबाट नेतृत्व छनोट भएको हो । अध्यक्ष पदमा घिमिरेलाई अर्का प्रत्यासी विनोद पौडेलले कडा चुनौति दिएका थिए ।
कार्यक्रममा न्यू साउथ वेल्स महावाणिज्य दूत दिपक खड्कालाई प्रमुख अतिथि र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल लाई विशेष अतिथि बनाइएको थियो । स्वागत मन्तव्य पुरु संग्रौलाले दिएका थिए भने चितवनको चिनारीबारे जानकारी गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका पूर्व प्रवक्ता डिला खरेलले दिएका थिए ।
साधारणसभाको सफलताका लागि शुभकामना मनतव्य दिदै महावाणिज्यदूत दीपक खड्का, एनआरएनए उपाध्यक्ष मन केसी, एनआरएनए अस्ट्रेलिया अध्यक्ष केशव कँडेल, ओसियना संयोजक होम पाण्डे, महिला संयोजक जानकी पौडेल, अस्ट्रेलियन नेप्लिज जोर्नलिस्ट् एसोसिएसन (एन्जा) अध्यक्ष हेमन्त काफ्लेले समाज योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा दुई वर्षे कार्यकालमा चितवन समाजले गरेको कामको वृतचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालक एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष तथा चितवन समाजका निवर्तमान उपाध्यक्ष अनिल पोखरेलले गरेका थिए ।
निवर्तमान अध्यक्ष छवी सापकोटाले आफ्नो दुई वर्षे कार्यकालको समीक्षा र चितवनका बारेमा जानकारी दिएका थिए । चितवन समाजका संरक्षक बुद्धि डल्लाकोटीले चितवन समाजको स्थापना र यहाँसम्म ल्याउन योगदान दिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा एनआरएनए महिला संयोजक भूमा लिम्बु, एनआरएनए अस्ट्रेलिया प्रवक्ता प्रवक्ता नन्द गुरुङ, न्यू साउथ वेल्सका संयोजक देव गुरुङ, झापाली समाज अन्तर्राष्ट्रिय सञ्जालका पूर्वअध्यक्ष दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी,सुरेन्द्र सिग्देल, पूर्वउपाध्यक्ष प्रेम सापकोटा, पूर्वमहासचिव भरत पोखरेल, खेम शर्मा, डिल्ली ढकाल, विवेक थापा, एनएफडिफएका अध्यक्ष सुरेन्द्र सापकोटा, नया का अध्यक्ष प्रकाश अर्याल लगायतको सहभागिता थियो ।










