पोखरा समाज अष्ट्रेलियाद्वारा रक्तदानलाई निरन्तरता

तक्दीर अधिकारी
सिड्नी । बिगत लामो समयदेखि नेपाली समुदायबीच अष्ट्रेलियामा सामाजिक कार्यमा अग्रसर पोखरा समाज अष्ट्रेलियाले नियमितरुपमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिएको छ । पछिल्लो कार्यक्रममा डेढ दर्जनभन्दा बढीले रक्तदान गरेका थिए ।

समाजका अध्यक्ष राजकुमारअधिकारीबाट सुरू गरिएको उक्त कार्यक्रममा क्रमशः समाजसेवी हेउपति गुरूङ्, राजन अधिकारी, रमेश राना, दिपक न्यौपाने, राम दवाडी, कृष्ण गुरूङ्, अर्जुन पौडेल, राम खनाल, सोम राना, सुरज अधिकारी, मोहन गुरूङ्, शिब पौडेल, गोबिन्द लामिछाने, सुनिल अधिकारीलगायतले रक्तदान गरेका थिए।

पछिल्लो समय मातृभूमिदेखि बाहिर प्रवासमा रहेका नेपाली समुदायभित्र नेपाली भाषा, परम्परा र सस्कृतिको संरक्षण र प्रवद्र्धनको अभियानमा समेत अग्रसर समाजले आयोजना गरेको यो पाँचौ भएको समाजका उपाध्यक्ष तारा गुरूङ्ले जानकारी दिए ।

“मानव जीवनमा गरिने दानहरु मध्ये पवित्र र महादानका रुपमा रक्तदानलाई लिइन्छ । यो कर्म आफैमा पुण्य हो । प्रवासमा रहेर पनि यस खाले अभियानमा अग्रसर सबै सामाजिक संघसंस्था तथा ब्यक्ति धन्यवादका पात्र हुन”। अध्यक्ष अधिकारीले भने ।