‘गोर्खा भूपू सैनिकलाई विभेदको पनि क्षतिपूर्ति हुनुपर्छ’

himalलन्डन- आफूहरुमाथि विभेद भएको भन्दै ब्रिटिस गोर्खा सैनिकहरु आन्दोलनरत छन् । तर, लामो आन्दोलनको पनि सुनुवाई भएको छैन ।

नेपाल-बेलायत बीचको कुटनीतिक सम्वन्ध सुरुवात भएको २०० वर्ष अबको तीन महिनापछि पुग्दैछ । विशेषत गोर्खालीहरुले पाखुरीका लागि भएको सम्वन्ध यति पुरानो हुँदा पनि गोर्खालीहरुमाथि भएको असमान विभेदको भने अहिलेसम्म अन्त्य हुन सकेको छैन ।

असमानताविरुद्ध गोर्खा भूपू सैनिकहरु संगठित रुपमा लागेको पनि धेरै भएको छ । सत्याग्रह संघर्ष समिति नेपालका प्रवक्ता हिमाल राईले पनि समानता प्राप्त नहुञ्चेल आफूहरु आन्दोलित हुने बताएका छन् ।

राईले आफूहरुमाथि विभेद भएको भन्दै त्यसको पनि क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । हेरौं एबीसी टेलिभिजनका लागि डन्ड गुरुङले लिएको अन्तर्वार्ता-