नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रशारण हुँदै आएको हाँस्यव्यङ्ग्य कार्यक्रम तीतो सत्यको हिजोको नियमित प्रशारण रोकिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको भन्दै प्रसारण रोकिएको दिपाश्री निरौलाले बताइन्। ‘टेलिभिजनले नयाँ कार्यक्रम मागेको थियो, तर यसमा हामीले आपत्ति जनाउँदै नयाँ कार्यक्रम दिएनौँ’ निरौलाले भनिन् ‘टेलिभिजनले पुरानो कार्यक्रम प्रशारण गरिदियो।’
‘माधव नेपाल, सुशील कोइराला, बाबुराम भट्टराईको क्यारिकेचर गर्न हुने मोदीको गर्दा रोकिने’ यो कस्तो लोकतन्त्र हो दिपाले भनिन्।
‘मोदीको नक्कल गर्दा प्रशारण रोकिने, यो कस्तो लोकतन्त्र ?’






