प्रबासबाट गायक अनिश फर्केर नेपाल बनाउने भिडियो सार्वजनिक

लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक अनिश पाण्डेको नयाँ राष्ट्रिय गीत ‘मेरो नेपाल’ सार्वजनिक भएको छ ।

सार्वजनिक राष्ट्रिय गीतको महिमा वर्णन गर्दै गायक पाण्डेले भने- बिदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् देश हाम्रो हो , आमा हाम्री हुन्, आमाको माया जहाँ गए पनि बराबरी, नजिक होस् वा टाढा ।

गीतकार भानु भट्टराईको शब्द शृजना गरेको ‘मेरो नेपाल ’बोलको गीत बास्तवमै मुटु कुटुक्कै खानेखालको छ । उक्त गीतमा गायक स्वयमको संगीत रहेको छ ।

बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डेले बताए ।

महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् ।

राष्ट्रिय गीतको म्युजिक भिडियो हेर्नुहोस :