लण्डन। इशान प्रसाई मेमोरियल ट्रष्ट द्धारा झापाको बलभद्र माबिमा फिल्टर सहित खानेपानीको व्यवस्था गरिएको छ। बिद्यालयमा खानेपानी अभाब भैरहेको बेला बिद्यालयका पुर्व बिद्यार्थी एबं एनआरएन राष्ट्रिय समन्वय परिषद आयरल्याण्डका पुर्व अध्यक्ष हालका पर्यटन दुत गणेश प्रसाईको पहलमा इशान प्रसाई मेमोरियल ट्रष्ट द्धारा रु. दुई लाख पचास हजारको लागतमा स्कुलमा फिल्टर सहित खानेपानीको व्यवस्था गरिएको हो ।
स्व इशान प्रसाई एक होनहार युवा जो जीवनका अनगिन्ति सपना लिएर उदाएका थिए । उनको सम्झनामा ईशान प्रसाईका बुद्धिजीबी पिता आयरल्याण्ड मात्र होईन सिगो वेलायत भित्र बस्ने नेपालीहरुको पनि मनमुटुमा बस्न सक्ने समाजसेवी पर्यटन दुत तथा एनआरएन आयरल्याण्डका पुर्ब अध्यक्ष गणेश प्रसाई र माता गोमा देबी प्रसाईले गृह जिल्लामा विभिन्न परोपकारी काममा संलग्न हुँदै धेरै परोपकारी काम हरु गर्दै आएका छन् ।
२२ सय विधार्थीहरु अध्यपन गरिरहेको बिद्यालयमा उक्त सेवामा समावेस हुनुहुने इशान प्रसाईं मेमोरियल ट्रष्ट आयरल्याण्डका पधाधिकारी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद का अध्यक्ष, पूर्व अध्यक्षहरु, आयरल्याण्ड बासि आदरणीय ब्याक्तीत्वहरु र ट्रष्टका कोषाध्यक्ष गोविन्द नाथ खरेल लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्नु भएको छ।
साथै स्कुलमा रहेर साथ सहयोग गर्नु हुने प्रधानाध्यापक, सम्पूर्ण शिक्षक, शिक्षिका तथा विधार्थी भाइबहिनीहरू र प्रत्यक्ष वा परोक्ष रुपमा सहभागी भइ सहयोग गर्नु हुने राजन प्रसाई लगायत सम्पूर्ण सबैमा धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्दछु।अध्यक्ष पुष्पराज कोइरालाले भन्नु भयो।






