काठमाडौं कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की विजयी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार उपेन्द्र कार्की विजयी भएका छन् ।

कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए ।

नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाको पक्षमा ३ हजार ५५६ र राप्रपाका राजु फुयालको पक्षमा १ हजार ४१८ मत पर्यो ।

यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापा ९ हजार ८७५ मतसहित विजयी भइन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईंलाई ४ हजार ४५३ मत अन्तरे हराइन् । चापागाईंले ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ र राप्रपाकी सरीता बजगाई चापागाईले २ हजार २५८ मत पाइन् ।