गुल्मी १२ असोज । जिल्ला कृषि विकास कार्यालय गुल्मीले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ६ करोड भन्दा बढि रकम सार्वजानिक गरेको छ । कार्यालयले मंलवार तघासमा एक कार्याक्रमको आयोजना गरि चालु आर्थिक वर्षका लागी बिभिन्न शिर्षकमा छुट्टाइएको बजेट सार्वजानिक गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीद्धारा सार्वजानिक गरिएको कार्यक्रममा ६ करोड ४ लाख रकम आर्थिक वर्ष २०७२ ÷०७३ का लागि विनियोजन गरिएको बताइएको छ ।
जिल्लाा रहेका बिभिन्न गाविसका लागी चालु आर्थिक वर्षमा छुट्टाइएको कार्याक्रम मध्ये व्यवसायिक तरकारी बिकास आयोजनामा जिल्लाका ४० गाबिसको लागी ४८ लाख २० हजार, व्यावसायिक मौरी बिकास आयोजनामा ४२ वटा गाविसको लागी २६ लाख ७१ हजार कफि बिकास आयोजनामा २९ वटा गाविसको लागी ९ लाख ९० हजार रकम छुट्टाइएको छ । अदुवा बिकास आयोजनामा २९ वटा गाविसको लागी ५ लाख १५ हजार, व्यावसायिक सुन्तला बिकास आयोजनामा २२ गाविसको लागी १४ लाख २५ हजार, सघन वाली तथा उत्पादकत्व बृद्धी आयोजनामा २२ गाविस र १ नगरपालिकाको लागी ७ लाख १० हजार छुट्टाइएको छ ।
बिजबृद्धि आत्मनिर्भर कार्याक्रम अन्र्तगत १९ वटा गाविस र १ नगरपालिकाको लागी ४ लाख ३० हजार, कृषिमा यान्त्रीकरण आयोजनामा जिल्ला भर ७ लाख, व्यावासयिक उखु उत्पादन आयोजनामा ९ वाटा गाविसको लागी १ लाख २५ हजार, महिला दलित जनजाति उत्थान आयोजनामा ३ वटा गाविस र १ नगरपालिकाको लागी ३ लाख रकम छुट्टाइएको छ । कृषि प्रचार सेवा टेवा कार्याक्रममा ३५ वटा गाविसको लागी २५ लाख ६९ हजार, कृषि जैबिक बिबिधता संरक्षण तथा वातावारण अनुकुल आयोजनामा जिल्ला भर ५० हजार रकम छुट्टाइएको छ ।
आर्थिक बिश्लेषण बजार बिकास तथा तथ्याङ्क आयोजनामा ७५ गाविस र १ नगरपालिकामा ६ लाख ९५ हजार, सेवा केन्द्रका लागी बजेट (कृषि सेवा केन्द्र चौरासी) ९ वटा गाविसको लागी १ हजार, यस्तै केन्द्र स्थित कार्याक्रम अन्र्तगत एकिकृत वाली तथा जल व्यावस्थापन कार्याक्रम ७ वटा गाविसमा १३ लाख ५५ हजार रकम छुट्टाइएको छ । अभियानमुखी तेलहन वाली आयोजना ८ वटा गाविसको लागी ७ लाख ८७ हजार, किशानका लागी उन्नत बिउ बिजन कार्याक्रम २३ वटा गाविसको लागी ५६ लाख १८ हजार रकम छुट्टाइएको छ ।
बिउ आलु आत्मनिर्भर कार्याक्रम ६ वटा गाविसको लागी ६ लाख ९ हजार, भकारो सुधार कार्याक्रम अन्र्तगत ३ वटा गाविसको लागी १५ लाख ९० हजार रकम छुट्टाइएको छ । यस्तै मध्ये पहाडी बृहतर मकै उत्पादन कार्याक्रम अन्र्तगत १२ वटा गाविसको लागी १८ लाख ५५ हजार, मसिना तथा बासनादार धान उत्पादन कार्याक्रममा जिल्लाका १५ वटा गाविसको लागी ९ लाख ५६ हजार रकम छुट्टाइएको छ । सहकारी खेती साना सिचाई तथा मल बिउ ढुवानी कार्याक्रम अन्र्तगत जिल्ला भर ५५ लाख ८८ हजार, सामुदायिक बिउ बैक अन्र्तगत १ गाविसको लागी २ लाख १५ हजार रकम छुट्टाइएको छ ।
जिल्लामा गत वर्ष झण्डै साडे ६ करोड रकम बिनियोजन भएको थियो भने यस वर्ष केहि रकम कटौती भएको कार्यालय प्रमुख अधिकारीले बताए । कार्याक्रममा गत ३ वर्षमा कार्यालयले कृषि तथा बिभिन्न क्षेत्रमा सुधार गरेका बिभिन्न प्रगतीका कामहरुको बारेमा समेत जनाकारी गराइएको थियो । गुल्मी जिल्लामा यहाँको राजनैतिक संयन्त्र सहित जिल्ला विकास समिति गुल्मीले दश वर्षे कृषि अवधारण अगाडी सारे पछि केन्द्र र क्षेत्रले देशका अन्य जिल्लामा भन्दा गुल्मीको कृषि विकास कार्यालयमा बढि रकम विनियोजन हुँदै आएको छ ।
कार्यक्रम स्थानिय बिकास अधिकारी डिलाराम पन्थीको अध्यक्षता,प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेको प्रमुख आतिथ्यातामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनितीकदलका प्रमुख, बिभिन्न कार्यालयका प्रमुख,पत्रकार लगायतको सहभागिता हरेको थियो । कार्यक्रम कार्यालयक वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले वार्षिक कार्याक्रमको बारेमा जानकारी गराउनु भएको थियो
कृषिमा गुल्मीलाई ६ करोड भन्दा बढि रकम






