यस्तो छ विश्वकै सबैभन्दा पुरानो होटल

जापानमा माउन्ट फुजी नामक एक टापूमा विश्वकै सबैभन्दा पुरानो होटल आज पनि संचालनमा छ। जसको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि समावेश छ। निसियामा ओनसेन क्यूनकान नाम रहेको यो होटल सन् ७०५ मा बनेको थियो।

जुन अहिले १३१३ साल भइसकेको छ। जसको सुन्दरता र यस होटलमा पाउने सुविधा अहिले पनि दुँनियाभर चर्चित छ। यस होटलमा ठूला राजनीतिकज्ञहरुदेखि लिएर अन्य क्षेत्रका चर्चित व्यक्तिहरु आएर बस्ने गर्दछन्।

जुन होटललाई एकै परिवारका ५२ पुस्ताले चलाइरहेका छन्। उनीहरुले बढ्दै गएको आधुनिकतासँगै यस होटललाई त्यसैअनुसार मर्मत सम्भार गरी परिवर्तन गरेका छन्। तर पनि यसको सुन्दरतामा भने जस्ताको त्यस्तै रही आएको छ। यो होटल त्यति ठूलो छैन।

यसमा जम्मा ३७ वटा कोठा रहेको छ। जहाँ एक रात बस्नको लागि ४७० डलर तिर्नुपर्ने हुन्छ। जापानको सबैभन्दा उच्च पहाड नजिकै बनेको यस होटल नजिक एक नदी रहेको छ। जुन पर्यटकहरुको लागि आकर्षणको केन्द्र पनि हो। एजेन्सी