लण्डन आउंदै राजेश हमाल (भिडियो)

लण्डन । जुलाई २१ तारिख शनिबार बेलायतमा टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक बृहद अन्तरक्रिया हुने भएको छ ।

कार्यक्रममा लोकप्रिय टेलिभिजनकर्मी दिलभुषण पाठक र एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट समेत उपस्थित रहने कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए |

साथै युवा लक्षित यो प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने पनि जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् ।

“म अनि मेरो मातृभूमि प्रेरणादायी कार्यक्रमका लागि राजेश हमालले लण्डन नेपाल न्यूज डटकममा यस्तो दिए प्रतिक्रिया हेर्नुस यो (भिडियो)