गायिका जुनाको नयाँ गीत ‘प्रदेशी’ सार्वजनिक (भिडियो)

लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल लोक दोहोरी गायिका जुना श्रीस मगरको नयाँ गीत ‘प्रदेशी’ सार्वजनिक भएको छ ।

भगवान भण्डारीले लय तथा शव्द सिर्जना गरेको प्रदेशी बोलको गीत अन्य भन्दा केही फरक भएको गायिका जुना श्रीस मगरले बताईन ।

गीतले विदेश गएका प्रदेशी उतै हराएको कुरालाई विषयबस्तु बनाएको छ । उक्त गीतको म्युजिक भिडियो निर्देशन गोविन्द पुन मगरले गरेका छन ।

गीतको म्युजिक भिडियो हेर्नुहोस