लन्डन । अर्घाखाँची घर भइ हाल बेलायतमा विभिन्न क्षेत्रमा आवद्ध अर्घाखाँचीबासीहरुको जमघट एबम सभा आगामी १२ अगष्ट शनिबार दिउसो १२ बजेदेखि साँझ ५ बजे सम्म लन्डन साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा सम्पन्न हुने भएको छ ।
आपसी सदभाव, सहयोग, संस्कृतिको बचाउ एवं आफ्नो उद्गम स्थलको उत्थानका लागि सो भेला गर्न लागिएको आयोजक समितिका एक समाजसेबी जीव बेल्बासे ले बताए ।
कार्यक्रम सम्पन्न गर्न बालकृष्ण भुसाललाई संयोजक तोकिएको छ भने उनका सहयोगीमा जीव बेल्बासे, बिपी खनाल र तुंग भद्र भुसाललाई तोकिएको छ । सो दिन हुने भेलाले अर्घाखाँची जिल्लाबासीहरुको एउटा कार्यसमिति चयन हुने आयोजकहरुले बताएका छन् ।
यसै बीच भेलाबारे थप जानकारीका लागि संयोजक भुसाल- ०७४२६३९६९९०,जीव बेल्बासे- ०७९००९०५३७९, तुंग भुसाल- ०७४५४७४२११५ र बिपी खनाल- ०७९५८३४८२४२ लाई सम्पर्क गर्न सुझाइएको छ ।
स्थान : Golden Ship Restaurent 500 Northholt Road Harrow HA2 8HA






