लण्डन । एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल भावना समेटिएको ‘गैरआवासीय नेपाली संघ युकेले पञ्ंजीकृत सदस्य बनाउने महत्वकांक्षी योजना अगाडि सारेको छ ।
एनआरएन यूकेले सदस्यता विस्तारलाई विशेष जोड दिर्दै आगामी वर्ष मात्र १० हजार सदस्यता विस्तार गर्ने नयाँ योजना अगाडि सारेको हो ।
गैरआवसीय नेपाली संघ युके सदस्यता वितरण समितिका संयोजक सदस्य तथा उपाध्यक्ष शेर सुनारले अब यूकेमा कोही पनि नछुट्ने भन्दै १० हजार नयाँ सदस्यता विस्तार गर्ने योजना रहेको सुनाए । बेलायतको विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली दाजु भाई दिदि बहिनिहरुलाई सदस्यता बनाउने एक पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन । उनले भने, सदस्यता वितरण प्रक्रियालाई सहज बनाउँदै हामी तालिका बनाएर बेलायतका विभिन्न ठाउमा पुग्दैछौ । यूकेमा अब सदस्यता वितरण अभियान अगाडि बढेको उद्घोष गर्दै सुनारले सस्यता विस्तारका लागि सबैमा सहभागि हुन आह्रवान समेत गरे ।
यसअघि उपाध्यक्ष सुनारले गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ग्लोबल आइएमई बैंकका सिईओ चन्द्र ढकाल लगायतको उपस्थितिमा एनआरएन यूकेले गरेको अन्तरक्रिया कार्यक्रमको संयोजन गरेका थिए, यस्तै एनआरएन युकेले विश्व सम्मेलनको अवसर पारेर नेपाल पुग्ने क्रममा प्रवासी नेपालीहरुलाई सहज नागरिकता,गोरखाहरुको समस्यालगायतको बिषयलाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री शेरबहादुर देउवा,सभामुख ओनसरी घर्तीलाई भेट र ज्ञापन पत्र बुझाउने कार्यको विशेष भूमिका सुनारको संयोजन मै सम्पन्न रहेको थियो ।
गैरआवसीय नेपाली संघ युके अध्यक्ष योग कुमार फगामीले सदस्यता शुल्क घटाइएको जानकारी गराउँदै अब सबैलाई सदस्य बन्न सहज हुने धारणा राखे । अध्यक्ष फगामीका अनुसार सदस्यता शुल्क २५ बाट १० पौण्डमा झारिएको छ । साथै उनले आगामी दिनमा सबै सदस्यहरुलाई परिचयपत्रको व्यवस्था गर्ने संघको योजना रहेको समेत जानकारी गराए ।
एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले यूकेमा अब सदस्यता विस्तार अभियान अगाडि बढेको भन्दै सदस्यता नबन्नुभएको सबैलाई सदस्यता बन्न आह्रवान गरे । महासचिव त्रिपाठीले भने, यूकेले कोही नछुट्न भनेर सदस्यता शुल्क घटाएको छ । अब सबैको पहुँचमा सदस्यता बन्न सक्ने अवस्था छ । त्यसैले यो अभियानमा सहभागि हुन सबैमा आह्रवान गर्दछु ।
उपमहासचिव बिनय अधिकारीले संचालन गरेको पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ युकेका संरक्षक तथा रिटायर्ड मेजर डमर घले, पुर्व- अध्यक्ष मुक्षेत्र गुरुङ,आइसिसि रोड सेफ्टी बिभागका थर्क सेन,तमुधि युकेका उपाध्यक्ष हितकाजी
गुरुङ, सहारा युके अध्यक्ष मीन गुरुङ,ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे,गुल्मी जिल्ला समाज युकेका सस्थापक अध्यक्ष एबम गुल्मेली प्रथम नौमति बाजा युकेका संयोजक ओम प्रसाद थापा, फोनिज केन्द्रीय अध्यक्ष दण्ड गुरुङ, एसियन महिला एसोसिएसन युके अध्यक्ष अमिता बेल्वासे, तर्क गुरुङ, प्रबेश केसी, सपन कुमार राई, बोहत गुरुङ, मेजर कृष्ण गुरुङ,जुम काजी गुरुङ, खुसि लिम्बु, नगेन्द्र नेमांग,क्या.रिटायर्ड राजु गुरुङ लगायत ४२ जना को सहभागिता थियो ।
सम्मेलनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सदस्यता विस्तारलाई अभियानका रपमा अगाडि बढाउन सुझाव दिएका थिए ।
यसैबीच एनआरएन यूकेको एक टोली काठमाडौं प्रस्थान गर्ने भएको छ। गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरता भूतपूर्व गोर्खा लगायतको मुद्धामा सहयोग गर्ने उद्देश्यले एक टोली काठमाडौंतर्फ प्रस्थान गर्ने भएको छ । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा एक प्रतिनिधि मण्डल शुक्रबार नेपाल जान लागेको जनाइएको छ ।
एनआरएनए युकेमा सदस्य किन बन्ने के छ फाईदा? हेनुस् लण्डन नेपाल न्यूज़ डटकमका प्रधान सम्पादक शिब भण्डारीले लिएको एक रिपोर्ट : —







