लन्डन । युगान्डामा पनि नेपालीले तीज कार्यक्रम मनाएका छन् । एनआरएन युगाण्डाको अयाोजनामा तीज कार्यक्रम मनाइएको हो । एनआरएन युगान्डाका अध्यक्ष राजमणी भण्डारीका अनुसार तीज कार्यक्रममा करिब ४५ जना नेपाली दिदीबहिनीहरुको सहभागिता थियो । युगान्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्तुरेन्टमामा धुमधामाका साथ सो पर्व मनाइएको अध्यक्ष भण्डारीले जानकारी गराए ।
एनआरएन युगान्डाका पूर्व अध्यक्ष एवं आइसिसी सदस्य जीवनाथ पंगेनीले तीज पर्वमा नेपाली दिदीबहिनीहरुको उल्लेख्ख सहभागिता रहेको र भब्य रपमा कार्यक्रम सम्पन्न भएको जनाए ।






