अमेरिकाको म्यासाचुसेट्समा ३९ घरमा संदिग्ध ग्यास धमाका

अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टनभन्दा लगभग ४३ किलोमिटर टाढा तीन इलाकामा कम्तीमा ३९ घर र भवनमा श्रृङ्खलाबद्ध रुपमा संदिग्ध ग्यास धमाका भएको छ ।

स्थानीय मिडिया अनुसार धमाकामा कारण भवन र घर खाली गराइएका छन् जहाँ थुप्रै मानिसहरु सामान्य र गम्भीर रुपमा घाइते भएका छन् ।

स्थानीय ग्यास र बिजुली कम्पनीले इलाकामा आपूर्ती बन्द गरेको छ ।

स्थानीय मिडियाका अनुसार उक्त धमाका कोलम्बिया ग्यास लाइनमा दबाबका कारण हुनसक्छ । तर अहिलेसम्म यसबारे पुष्टि हुन सकेको छैन ।

पुलिसका अनुसार ग्यास लाइनमा दबाब कम गरिँदै छ तर यसमा समय लाग्नेछ ।

संघीय अनुसन्धान एजेन्सी (एफबीआई) पनि यसबारे अनुसन्धान गरिरहेको छ ।

एजेन्सी