काठमाडौं, ४ भदौ । संघीयताको सीमांकनका विषयमा देखिएको विवाद समाधान गर्न प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले प्रयास जारी राखेको छ । ६ प्रदेशको सीमांकनको खाका सार्वजनिक भएपछि तराईसहित मुलुकका पश्चिमी क्षेत्रमा देखिएको असन्तोषलाई साम्य पार्ने गरी विवाद मिलाउन विशेष समितिले पहल गरेको हो ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा ७ प्रदेश बनाउने विषयमा नेताहरु सहमतिनजिक पुगेको जनाइएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित चार दलका प्रमुख नेता सहभागी थिए । विहीबारको बैठकमा प्रधानमन्त्री कोइराला अनुपस्थित भएपछि विशेष समितिको बैठक निष्कर्षविहीन भएको थियो ।
यसैबीच, मस्यौदा समितिले संविधानको विधेयक शुक्रबार संविधानसभामा बुझाउने भएको छ । समितिलाई दिएको समय शुक्रबारै सकिने भएपछि विधेयक बुझाउन लागिएको हो । विशेष समितिले विवादित विषयमा सहमति जुटाए त्यसलाई समेत समेटेर प्रतिवेदन बुझाइने र सहमति हुन नसके संवाद समितिले दिएको सुझावअनुसार नै विधेयक बुझाउने बताइएको छ ।
तीन दल सात प्रदेशमा सहमति, गच्छेदार असहमत






