संजयलाई सलिम स्पोर्ट्स इन्टरप्राइज्जको साथ

कृतिमानी बिश्व आरोही एबम धाबक संजय पण्डितलाई  सलिम स्पोर्ट्स इन्टरप्राइज्जले करिब ३० हजार बराबरको जुता, कपडा , झोला लगाएत ट्रेकिंग तथा हिमालमा लगाउने आबस्यक सामाग्रीहरु प्रदान गरेको छ | सुक्रबार त्रिपुरेस्शोर इस्तित पसलमा नेपाल टेबल टेनिसका उपाध्यछ्य एबम  सलिम स्पोर्ट्स इन्टरप्राइज्जका डिरेक्टर धर्म मान बज्राचार्यले पण्डितलाई हस्तारन्त्रण गर्नु भयो | बज्राचार्यले पण्डितले दौड अनि पर्वतारोहण क्षत्र बाट नेपाललाई बिश्व सामु नेपाललाई चिनाएकोले आफुले सानो सहयोग गरेको बताउनु भयो | भबिस्यमा थप सफलताको पनि कामना गर्नु भयो | पण्डितले सगरमाथा ,मनास्लु सहित बिश्वका पाँच महादेशका सर्बोच्च शिखर सफलतापुर्बक आरोहण सम्पन्न गरिसकेका छन् |अब उनि अन्तिम गन्तब्य अन्त्राटिकाको विन्सन मशिफको आरोहणको तयारीमा छन् |