चार्ल्स शोभराजको मुटुको भल्भ फेरिने

काठमाडौं– बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।

उनको स्वास्थ्य जाँचपछि शुक्रबार शल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो ।

१४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।