काठमाडौ– राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले दुई दिन आन्दोलनका कार्यक्रम थप गरेको छ ।
सरकारले माग पुरा नगरेको भन्दै जेठ १७ गते २५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
विहीबार आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएपछि विहीबार नै विज्ञप्ति जारी गरेर २७ गतेसम्मका लागि आन्दोलन थप गरेको छ । २७ गतेसम्म प्रत्येक गाउँपालिका तथा नगरपालिका, उपमहानगरिपालिका तथा महानगरपालिकाको प्रत्येक वडा तथा बुथमा आन्दोलन परिचालन समिति गठन गर्ने गठबन्धनको कार्यक्रम रहेको छ ।
जेठ २८ गते बैठक बसि अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने गठबन्धनका संयोजक महन्थ ठाकुरले जानकारी गराए ।






