अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कार्वाही गर्ने देउवाको चेतावनी

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । सभापति देउवाले पार्टी भित्रको अन्तरघातकै कारण प्रतिनिधिसभा निर्वाचनमा २५ सिट गुमाउनु परेको दावी समेत गरे ।

सोमबार भरतपुरमा नेपाल दलित संघ, चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेको दावी समेत गरे ।

सभापति देउवाले आफूलाई मात्रै दोष दिएर पार्टी नचल्ने पनि स्पष्ट पारे । उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्याउने दृढता समेत व्यक्त गरे । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिए ।