पराजुलीविरुद्धको रिट खारेज, प्रधानन्यायाधीश बन्न बाटो खुल्यो

sfd' k|wfgGofofwLz kbdf k/fh'nLsf] kbaxfnLk|wfgGofofwLz ;'zLnf sfsL{lj?4 ;+;bdf dxfcleof]usf] k|:tfj btf{ ePkl5 cfOtaf/ ;jf]{Rr cbfntsf jl/i7td GofofwLz uf]kfnk|;fb k/fh'nL sfod d'sfod k|wfgGofofwLzsf] kbaxfnL ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ- सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन आज खारेज गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो ।

बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गरेका थिए ।
नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो ।