को हुन् ९ बर्षीया बालिकाको हत्या गर्ने ?

दमक– झापाको दमक २ भालुखुडेलका हेमकर्णा दालकी ९ बर्षीया छोरी गंगाको वीभत्स हत्या गरिएको छ ।

बुधबार बेलुका साढे ५ बजेतिर आफ्नै घरभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाँडे घरको माथिल्लो तलामा बालिकाको शव फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार बञ्चरो प्रहरी गरी बालिकाको हत्या गरिएको हो ।

बालिकाको टाउको, अनुहार र छातिमा गहिरो चोट थियो ।