तर बालिका झुमाले आत्माहत्या गरेको नभई उनको हत्या गरिएको भन्दै अदालतले घटनामा संलग्नलाई जन्मकैदको फैसला सुनाएपछि मृतक बालिका झुमाको परिवारले न्याय पाएको अनुभुत गरेको छ।
कानुनअनुसार सर्वस्व भन्नाले उनीहरूले पाउने अंश र जन्मकैद भन्नाले २० वर्ष कारागार बस्नुपर्छ। उनीहरू विरुद्ध कर्तब्य ज्यानअन्तर्गत गत साउन १ गते नै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरीएको थियो।
झुमालाई असार २७ गते शुक्रबार साँझ आफ्नै काकाको घरमा वसीरहेको समयमा जुनुको श्रीमान संग फोटो खिचेको, सौता लाग्न खोजेको भन्दै निर्घात् कुटपिट गरी झुण्ड्याएर मारेको मृतककी आमा नर्वदा विकले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ।
मृतककी आमा नर्वदा र दाजु रमेश विकले संयूक्त दलित संञ्जालको सहयोगमा आरोपित विरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।
संयुक्त दलित संजाललाई समेत तत्कालिन प्रहरी नायव उपरिक्षक मेघराज कंडेल र सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले पोष्टमार्टम रिपोर्टले पनि आत्महत्या भएको पुष्टि गरेको भन्दै आत्महत्याको घटनालाई हत्या भएको भनेर दावी नगर्न आग्रह गरेका थिए।
उनीहरुले घटनास्थलको प्रकृति मृतक झुमाको शारीरिक अवस्थालाई हेर्दा पनि हत्या भएको सक्ने कुनै प्रमाण नभेटिएको वताएका थिए। प्रहरी प्रशासनको भनाई र पोष्टमार्टम रिपोर्टको आधारलाई हेर्दा दोषीहरु छुट्ने अवस्था सिर्जना भएको भन्दै अस्पतालका तत्कालिन डाक्टर सुर्यवहादुर गुरुङलाई समेत भेटी मृतकको परिवार र संयुक्त दलित संजालले अस्पतालले झुटो रिपोर्ट दिएको आरोप लगाएका थिए।
सो लगत्तै प्रहरीले दोषी उपर कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरि आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने काम गर्यो। तर सुरुमै प्रहरी प्रशासनको अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्टले आत्महत्या भनेको घटनाको वास्तविक छानविन हुन्छ र न्याय पाइन्छ भन्ने कुरामा मृतक झुमाको परिवार शसंकित नै थियो।
तर घटना भएको नौ महिना पछि झुमाको हत्या भएको भन्दै अदालतले फैसला गरिदिंदा आफुहरुले न्याय पाएको अनुभुत गरेको मृतक बालिकाकी आमा नर्वदाले वताइन्।






