काबुलमा विस्फोट, ४९ जनाको मृत्यु

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलस्थित कुटनीतिक क्षेत्रमा गराइएको भीषण विस्फोटमा परी कम्तिमा ४९ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश सर्वसाधरण छन् । धेरै जना घाईते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जर्मनीको दूतावास रहेको जानबाक स्क्वायर नजिक सवारी साधनमा बम राखी विष्फोट गराइएको थियो ।

राष्ट्रपतिको कार्यालय र विदेशी दूतावास नजिक यो विष्फोट गराइएको हो । विष्फोटका कारण फ्रान्सको दूतावासमा समेत क्षति पुगेको छ ।

भवनहरुमा क्षति पुगेको छ भने धेरै सवारी साधन समेत जलेका छन् । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।