उडान तत्काल अबरुद्ध नहुने

काठमाण्डाै २१ कार्तिक ।     हवाई इन्धनको समस्यालाई लिएर तत्काल आन्तरिक उडान अबरुद्ध नहुने भएको छ। आयल निगम, नेपाल वायुसेवा निगम तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरुबीच आज भएको छलफलमा निगमले इन्धन आपूर्ति गर्ने सहमति भएसँगै उडान अबरुद्ध नहुने भएको हो।
नेपाल वायुसेवा निगमले एयरलिफ्ट गरेर इन्धन ल्याउने र अन्य आन्तरिक उडानलाई दिने सहमति भएसँगै आन्तरिक उडान संचालन हुने भएको हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए। डिपोका अनुसार अहिले १ लाख ४० हजार लिटर हवाइ इन्धन मौज्दात छ।
नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माका अनुसार निगमले नियमित रुपमा एयरलिफ्ट गरेर इन्धन आपूर्ति गरिरहेको र यो क्रम चलिरहने बताए। इन्धन अभाव हटाउन निगमले गरेको पहल जारी राख्ने प्रतिबद्धता उनले जनाए।