पाँचथर- पाँचथरको इलाका पशु सेवा कार्यालय यासोकमा गत चार महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
कार्यालयमा अधिकृतसहित तीनजनाको दरबन्दी भए तापनि हाल कार्यालय सहायकको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ । जसका कारण सेवाग्राहीले कार्यालयबाट सेवा नपाएको गुनासो गर्दै आएका छन् ।
कार्यालयबाट उपलब्ध हुने कृत्रिम गर्भाधारण र पशुको खोप तथा कार्यालयबाट गरिने सिफारिस तथा अन्य सेवा सुविधाबाट वञ्चित भएको स्थानीय कृषक खेम निरौलाले बताउनुभयो । कर्मचारी अभावका कारण सेवा केन्द्रमा कर्मचारी पठाउन नसकिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।






