नयाँ शक्तिले काम थाल्यो, चार विभाग गठन

baburam bhattarai

काठमाडौं- चार दिनअघि घोषित नयाँ शक्तिले पार्टी काम व्यवस्थित गर्न प्रारम्भिक चार विभाग गठन गरेको छ। संयोजक बाबुराम भट्टराईको अध्यक्षतामा बबरमहलस्थित मुख्यालयमा बसेको बैठकले कार्यविधि र विभागीय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका छन्।

आर्थिक विभागमा रामेश्वर खनाल, डा. केशवमान शाक्य र राजेन्द्र केसी, प्रचार विभागमा मुमाराम खनाल, मुक्ति रिजाल र रामरिझन यादव, संगठन विभागमा देवेन्द्र पौडेल, नवराज सुवेदी, तिलक थापा, पासाङ शेर्पा, रामचन्द्र झा, महेन्द्र पासवान छन्। केशव दाहाल, दुर्गा सोब, कुमार पौडेलले कार्यालय सञ्चालन तथा व्यवस्थापन विभाग पाएका छन्। चारै विभागले आ–आफ्नो कार्यविधि आफैं बनाउने गरी बैठकमा प्रस्ताव ल्याउने जिम्मेवारी पाएका छन्।

नयाँ शक्तिको केन्द्रीय परिषदमा मंगलबार थप २२ सदस्य थपिएका छन्। प्रस्तावित २ सय ६५ मध्ये आइतबार ३५ सदस्य रहेकामा मंगलबार थपिनेमा अधिकांश पूर्वमाओवादी नेता छन्।