पूर्वराष्ट्रपतिलाई घरबेटीको किचकिच

ram baran yadavकाठमाडौं- घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन् ।

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए । राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा (कर, बिजुली र पानीको महसुलबाहेक) भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन् । पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् ।

लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन् ।

prez