प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जाने

k|wfgdGqL cf]nL –kqsf/ ;Dd]ng ef/tsf] tLg lbg] /fhsLo e|d0f ;s]/ :jb]z kms{g' ePsf k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ lqe'jg cGt/f{li6«o ljdfg:yndf cfof]lht kqsf/ ;Dd]ngdf e|d0fsf]] af/]df hfgsf/L lbg'x'Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमणमा जानु हुने भएको छ । एक साता लामो युरोप भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जेठ २७ गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन उनले बेलायतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले बेलायतलगायत स्वीटजरल्याण्ड, र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गरायो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्री जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुनेछन् ।

त्यसैगरी, जेठ २९ गते फ्रान्स जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले त्यहाँ उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *