पौडेल सिटौलाले उम्मेदवारी घोषणा गर्दै, देउवाले साइत हेराएरमात्रै घोषणा गर्ने

NCaaकाठमाडौं- कांग्रेस नेतृत्वका लागि संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएको छ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला नेतृत्वको प्यानलको बुधवारै औपचारिक घोषणा हुँदैछ। बरिष्ठ नेता शेरवहादुर देउवा पक्ष भने बिहीवार या शुक्रबार मात्रै घोषणा गर्ने तयारीमा छ। स्रोतका अनुसार देउवाले ज्योतिष साइतअनुसार घोषणा गर्न लागेका कारण ढिलाइ हुने भएको हो।

तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन। पौडेल नेतृत्व प्यानलमा बीपी पुत्र सशांक कोइराला महामन्त्रीका उम्मेदवार हुने भएका छन्। वरिष्ठ नेता देउवाले अर्जुननरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएका छन्।

देउवा पक्षको प्यानल घोषणा नहुँदै केसीले मंगलबारै महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन्।