शुक्रबार बिहान भूकम्पका दुई धक्का

काठमाडौं, २९ जेठ । शुक्रबार बिहान मात्रै भूकम्पका दुई धक्का महसुस भएको छ। शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर फेरि भूकम्पको धक्‍का महसुस भएको छ। बिहान १० बजेर १९ मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आज बिहान मात्रै १ बजेर २२ मिनेटमा  गोरखालाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको धक्‍का महसुस भएको थियो। यसअघि बिहीबार मध्‍यराति सिन्धुपाल्‍चोकलाई केन्द्रबिन्दु बनाएर राति ९ बजेर ५७ मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्पको धक्‍का करिब १० सेकेन्डसम्म महसुस भएको थियो।