चितवन, २९ जेठ । नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आज तोडफोड भएको छ । अज्ञात समूहले फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिनुभयो । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने टेबल कुर्सी समेत टुटफुट भएको सभापति गुरुङले बताउनुभयो । तोडफोड गर्ने समूहको पहिचान भने खुलेको छैन ।
कुन उद्देश्यले तोडफोड गरिएको भन्नेबारे जानकारी नआएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको काँग्रेसले जनाएको छ । सो क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र हो । उहाँले विजयी भएर सिट छाडेपछि रामकृष्ण घिमिरेले उपचुनावमा विजयी हुनु भएको थियो ।
काँग्रेस पार्टी कार्यालयमा तोडफोड






