नेविसंघ महाधिवेशनः पेलेरै जाने देउवाको तयारी

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुलको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ ।

टीका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबाहादुर देउवाले निर्देशक समितिलाई निर्देशन दिएको स्रोतको दाबी छ ।

सोही अनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गदर्न आफूखुसी ३ सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नगरेसम्म चुनावमा भागनै नलिने बताएका छन् ।

यता निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी मंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन् ।