लन्डन । बेलायतमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ हुने भएको छ । इ मिडिया हब युकेको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रम आगामी २७ जनवरीदेखि युकेका विभिन्न स्थानमा हुने छ ।
इ मिडिया हब युकेका कार्यक्रम संयोजक एवं इन्टरटेनमेन्ट प्रमुख किसन राईका अनुसार कार्यक्रममा नेपालकी चर्चित गायिका मिलन अमात्यसहित बेलायतमै रहेकी गायिका ममता गुरुङ र एभरेष्ट आइडल युके २०१७ का विजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई एवं सुमी राईसहित अन्य कलाकारहरुको प्रस्तुति रहने छ ।
पहिलो कार्यक्रम अल्डरसटको एम्पाएर हलमा २७ जनवरी साँझ ६ बजे देखि शुरु हुनेछ । कार्यक्रममा गायक नोर्देन तेन्जिङ र गायक तथा संगीतकार बिसी राई समेत अतिथि रहने तय भएको छ ।
दोश्रो शो लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा २ फेब्रुअरी शुक्रबार सांझ गर्ने तयारी गरिएको छ । तेश्रो कार्यक्रम १० फेब्रुअरीमा आसफोर्ड केन्टको क्रिस्चियन फेलोशिप चर्च हल र चौंथो १८ फेब्रुअरीमा उलवीचस्थित द ट्रामसेड थियटर हलमा तय भएको छ ।






