लन्डन । गैर आवासीय नेपाली संघ एनआरएनएले सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निर्माण गर्ने भएको छ । सोको गुरुयोजना तयारीका लागि कमलामाई नगरपालिका र गैर आवासीय नेपाली संघ एनआरएनएबिच संझौता भएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री र संघका अध्यक्ष भवन भट्टले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । एनआरएनएका सचिव डिबी क्षेत्रीले सिन्धुलीगढी जिर्णोद्धार तथा पुनर्निर्माणको आवश्यकता देखेर पुर्नर्निर्माणमा जुटेको बताए ।






