बेलायतका दुई दर्जन पत्रकार एनआरएनए यूके सल्लाहकारमा

लन्डन । बेलायतमा रहेर नेपाली पत्रकारितामा क्रियाशिल करिब दुई दर्जन पत्रकारहरु एनआरएनए यूके सल्लाहकारमा मनोनित भएका छन् ।

अध्यक्ष योगकुमार फगामीको कार्यकाल (सन् २०१७ देखि २०१९) का लागि संघमा २९३ जना सल्लाहकार मनोनित भएकामध्ये पत्रकारहरुको संख्या २४ छ ।

जसमा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, बीबीसी नेपाली सेवाका भगिरथ योगी, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर, कान्तिपुरका लागि बेलायत संवाददाता नवीन पोखरेल, नागरिकका लागि बेलायत संवाददाता चिरन शर्मा, सेतोपाटीका लागि बेलायत संयोजक फडिन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल, शाखा उपाध्यक्ष एवं नेपालीपत्रका सम्पादक ध्रुवराज अर्याल,सचिब एवं लन्डन नेपाल न्यूज डटकमका प्रधान सम्पादक शिव भण्डारी छन् ।

त्यसैगरि, बाचस्पति रेग्मी, विमला सेने, विपीन निरौला, बिसन गुरुङ, एभरेष्ट गौतम, हरिकाजी गुरुङ, जगन कार्की, खुशी लिम्बू, लिलामान शेरपुञ्जा, मिलन तमु, नरेन्द्र बस्नेत, प्रमिला राई, पूर्ण गुरुङ, सिद्धार्थविक्रम क्षेत्री र एसके गुरुङ पनि सल्लाहकारमा मनोनित भएका छन् । संघले बुधबार सल्लाहकारहरुको सूची सार्वजनिक गरेको हो ।

एनआरएनए यूकेले सञ्चारकर्मीहरुबाट रचनात्मक सहयोग सल्लाहको अपेक्षा गर्दै मनोनित सबैलाई बधाइ दिएको छ ।