भव्य बन्यो कोसेली यूकेको ३१ औं वार्षिकोत्सव [भिडियो सहित]

kosali 024लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको आइतबार ग्रीनफोर्ड स्थित टाउनहलमा आफ्नो ३१ औं वार्षिकोत्सव धुमधामका साथ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहको अध्यक्षतामा सम्पन्न भएको सो समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी,र विशेष अतिथी इलिङ काउन्सिलका काउन्सिलर शरण शर्मा रहेका थिए ।kosali 005
कार्यक्रममा लामो भाषण, खादा सम्मान र अथितिको नाम पटकपटक लिनु पर्ने परम्परा भने कोसेलीले राखेको थिएन ।कार्यक्रम नमुना जस्तो सभ्य तरिकाले गरिएको थियो ।  नया पुस्ताका युवा युवती हरुको रोचक सांस्कृतिक प्रस्तुति उल्लेख्यनिय माहोल थियो ।kosali 015
 ५ सय बढि सहभागी उक्त कार्यक्रममा ५० भन्दा बढी कलाकारहरु  सहभागी भएको पाउदा प्रमुख अतिथी नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत बसे पनि नेपाली भाषा, साहित्य,कला, संस्कृति, चाडपर्व, भेषभुषा, रहनसहन र सभ्यता नेपालीले बिर्सेका छैनन् भन्ने प्रमाण कोसेलीले दिएको बताए ।
यसै बीच कार्यक्रमकी सभापति एवं कोसेली अध्यक्ष शर्मिला सिंहले मन्तव्य दिंदै विदेशी भूमिमा रहेर पनि नेपाली कला, संस्कृति र भाषा जगेर्ना गर्न संस्था अग्रसर भइरहेको बताइन् ।
 कोसेलीका महासचिव खेमकाजी गौतमले सञ्चालन गरेको औपचारिक कार्यक्रममा  यती एसोसिएसनका,कार्यवहाक अध्यक्ष शशीधर नेपाल व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठ , धुर्ब केशी नर्सिङ्ग एसोसिएसनकी पर्सुन्ना कंडेल पत्रकार माहासंघ युकेका सस्थापक अध्यक्ष नबिन पोखरेल,सचिब शिब भण्डारी लागायत थुप्रै युवा साथीहरु सहित परिबारिक जमघट र नेपाली संघसंस्थाका प्रतिनिधि समेत सहभागी भएका थिए ।
शशी थापा सुब्बाले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रम अन्तर्गत दर्जनौं कलाकारले १७ वटा आइटम ननस्टप प्रस्तुत गरे, त्यो पनि निर्धारित समय १० बजे अघि नै । अंग्रेजी समयमा शुरु गरेर निर्धारित समय भन्दा अगाडि नै कार्यक्रम समापन गर्ने कोसेली एक संस्था हो भन्न सकिन्छ ।