चट्याङ लागेर दुईको मृत्यु

झापा, २३ जेठ । शुक्रबार राति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ । मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि उनलाई तत्काल बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएको र उनको उपचारको क्रममा मुत्यु भएको हो । त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कनकाई अस्पताल लैजाँदै गरेको अवस्था बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।