संघीयतामा चार दलबीच कुरा मिलेन

काठमाडौं, २२ जेष्ठ । प्रमुख चार दलबीच शुक्रबार पनि संविधानका विवादित विषयमा कुरा मिल्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको बैठकमा पनि संघीयताकै विषयमा कुरा मिल्न नसकेको हो । बैठकपछि एमाले अध्यक्ष केपी ओलीले सहमतिका लागि यही जेष्ठ २५ गतेसम्म पहल गर्ने र सहमति नभए प्रक्रिया सुरु हुने बताए । शक्तिशाली भूकम्पले देशमा ठूलो विपत्ति निम्त्याएको भएपनि राजनीतिक दलहरु भने नयाँ संविधानलाई पहिले टुंग्याएर मात्रै पुनःनिर्माणमा लाग्ने भन्दै सहमतिको प्रयासमा लागेका छन् । तर, संघीयतालगायतका विषयमा दलहरु आ–आफ्नै अडानमा रहेका छन् ।