शिब भण्डारी,
लन्डन । एनआरएन यूकेको महासचिव पदमा जीत रानाभाटले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएन युके वर्तमान कार्यसमितिमा सचिव रहेका रानाभाटले आगामी कार्यकालमा थप जिम्मेवारी लिने आकांक्षाअनुसार महासचिवको उम्मेद्वार बन्ने भएका हुन।
एनआरएनए युकेमा दुई कार्यकाल कार्यसमितिमा बसेर अनुभव लिने मौका पाएँ । यहि अनुभब र आफ्नो ज्ञान, क्षमतालाई सदुपयोग गर्दै अब अझ धेरै जिम्मेवारी लिने ईच्छा गरेको छु, रानाभाटले भने ।
अग्रज र समर्थकहरुको हौसला र सल्लाहअनुरुप महासचिवमा उम्मेदवारी दिन लागेको रानाभाटले बताएका छन ।
एनआरएनए युकेमा एक सक्रिय, बौद्धिक र स्पष्टवक्ताका रुपमा परिचित उनी महासचिवको बलियो उम्मेदवारीसहित मैदानमा आएका छन।

सन २००८ मा हाई स्किल रुटमा बेलायत आएदेखि नै रानाभाट एनआरएन अभियानमा सक्रिय भएका थिए ।
उनी एनआरएन युकेमा २०१७-१९ कार्यकालमा कार्यसमिति सदस्य र १९-२१ मा सचिव पदमा निर्वाचित भएका थिए । संस्थाको व्यापार प्रबर्द्धन विभागको संयोजकको जिम्मेवारी उनले सम्हालेका छन ।
कोभिड महामारी प्रभावितको सहयोगार्थ एनआरएन यूकेले चलाएको हेल्पडेस्कमा संयोजकको भुमिका रानाभाटले खेलेका थिए । नेपाली वेल्फेयर सोसाइटीले नेपालका २२ जिल्लामा राहत बांडने अभियानमा पनि उनले महत्वपुर्ण सहयोग गरेका थिए । आरजीएनएसको कोभिड सहायता र जनगणना अवारनेस अभियानमा पनि उनी संयोजक थिए ।
कोभिड महामारीमा गरेको सहयोगको कदर गर्दै रानाभाटलाई बिबीसी रेडियो लन्डनले मेक अ डीफरेन्स हिरो को रुपमा कदर गरेको थियो भने ग्रिनविच र बेक्सली काउन्सिलबाट उनी लकडाउन हिरोका रुपमा सम्मानित भएका थिए ।
पोखरा घर भएका रानाभाट बेलायतमा प्लमस्टेडमा श्रीमती ए दुई छोरीका साथ बस्दै आएका छन् । उनले निर्माण व्यवसाय संचालन गर्दै आएका छन् ।
नेपालको पोखरा युनीभर्सिटिबाट एमफिल सम्म अध्ययन गरेका उनले प्राध्यापन र शैक्षिक संस्था व्यवस्थापनका क्षेत्रमा १० वर्ष बढि सेवा गरेका थिए ।
सामाजिक कार्यमा पनि निरन्तर कृयाशिल रानाभाटले नेप्लिज प्रोफेसनल्स युके , यती नेपाली एशोसिएसन, क्षेत्री समाज युके , पशुपतिनाथ मन्दिर लगायतका संस्थामा कार्यसमितिको महत्वपूर्ण जिम्मेवारी वहन गरेका छन । साथै, आधा दर्जन बढी संघसंस्थामा उनी सल्लाहकारको रुपमा छन् ।
निकट भविष्यमा एक औपचारीक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्ने रानाभाटले बताएका छन ।






