संविधान संशोधन अघि बढाउन मोर्चा मानेन

congress norcha
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक लैजाने कांग्रेसको प्रस्ताव अस्वीकार गरेको छ ।

कांग्रेस सभापति सुशील कोइरालाको निवासमा भएको वार्तामा कांग्रेसले पुनर्निर्माण र संविधान संशोधन विधेयक एकैसाथ लैजान प्रस्ताव गरेको थियो । तर, तमलोपाका नेताहरुले कांग्रेसको प्रस्ताव अस्वीकार गरेका छन् ।

लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले पुनर्निर्माण विधेयकको प्रक्रिया अघि बढ्न दिन बिहीबार नै सहमति जनाएको थियो । तर, कांग्रेसले संविधान संशोधन विधेयक पनि सँगसँगै लैजानुपर्ने अडान लिएको छ ।

कांग्रेसले कार्यसूचीमा राखिसकेको संविधान संशोधन विधेयकलाई हटाउनुको कारण मागेको छ ।