बेलायतमा चिसो बढ्यो, हवाई, रेल र सडक यातायात पनि प्रभावित

लन्डन– भारी हिमपात र चिसोले बेलायतको जनजीवन प्रभावित भएको छ ।

मंगलबार हिमपात भएसँगै बढेको चिसोले बेलायतका सयौं स्कुलहरु बन्द भएका छन् । हवाई, रेल तथा सडक यातायात प्रभावित बनेका छन् । बिहीबार बिहान पनि माइनस ३ डिग्री सेल्सियस तापक्रम छ ।

हिमपातसँगै तापक्रममा उल्लेख्य गिरावट आउँदा बुधबार राति बेलायतका केहि भागमा माइनस १२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

हिथ्रो विमानस्थलमा सयौं उडानहरु रद्ध भएका छन् । लण्डन सिटी, ग्लास्गो र न्यूकासल लगायतका एअरपोर्टहरुले सबै उडान स्थगित गरेका छन् ।

यो साता बेलायतमा पाँच वर्ष अवधिकै सबैभन्दा बढि चिसो भएको बताइएको छ ।