काठमाडौं– सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेकोले वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।
संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।






