नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

nsu nepalकाठमाडौँ, २९ साउन । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ ।

गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेप नि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

प्रतिनिधिको नामावलीलाई अन्तिम रुप दिन गृहकार्य भइरहेको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले राससलाई जानकारी दिनुभयो ।

२०६४ जेठपछि हुन लागेको महाधिवेशन बन्दसत्र नगरी नेतृत्व चयनमा जाने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।