काठमाडौं– माओवादी केन्द्रमा मन्त्रीको नाम लगभग टुंगो लागेको छ । मन्त्रीको सूचीमा परेका प्रभु साहले स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् । मधेसीलाई समेत विश्वासमा लिएर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने दायित्व भउकाले आफूलाई स्थानीय मन्त्रालय दिँदा सहज हुने धारणा राखेको स्रोत बताउँछ ।
माओवादीमा शिक्षा मन्त्रालय कांग्रेसलाई दिएमा मन्त्रीको सूचीमा परेका डिआर पौडेललाई कानुन र साहलाई स्वास्थ्यमा पठाउनेबारे छलफल छ ।
माओवादीमा जनार्दन शर्मा प्रभाकरलाई ऊर्जा, हितराज पाण्डेलाई स्थानीय विकास र राम कार्कीलाई संचारमन्त्री बनाउने लगभग तय भएको छ ।
माओवादीका महिला नेतृहरुले पार्टीको भागमा परेका बाँकी मन्त्रालयमा कम्तीमा एकजना महिलालाई मन्त्री बनाउन दबाब दिन थालेका छन् ।






