काठमाडौं–हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकीकृत नमुना बस्ती निर्माण अभियानमा सजिलै सहयोग गर्न सकिने भएको छ ।
विदेशमा रहेर धुर्मुस सुन्तलीको यो अभियानलाई गो फण्डमी मार्फत एक क्लीकमै सहयोग गर्न सकिने भएको हो । देश निर्माण हामी सबैको अभियान नारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि सहयोग गर्न चाहानेहरुलाई सजिलो बनाउन र नयाँ प्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
धुर्मुस सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन https://www.gofundme.com/274vdtqc यो लिंकमा क्लीक गरि आफुले चाहे जति सहयोग गर्न सकिनेछ । विशेषत युरोपेली मुलुकमा भएका नेपालप्रेमी दाजुभाई तथा दिदीबहिनीहरुको सजीलोको लागि यो व्यवस्था गरिएको हो ।







